काठमाडौं– आइएमई लिमिटेड र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालवीच हालै स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको तर्फबाट प्रमुख संचालन अधिकृत डा. सन्देश जी।सीले हस्ताक्षर गरेका छन् । यो सम्झौता सम्झौता पत्रमा हस्ताक्षर भएको मितिले एक वर्षसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशतसम्म विशेष छुट पाउनेछन् । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।

सेवा लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।