भीमदत्तनगर– दशैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै जाँदा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा तालीम प्राप्त कुकुरको सहायताबाट आज बिहानदेखि सुरक्षा जाँच गर्न थालिएको छ ।


ADVERTISEMENT


प्रतिबन्धित बस्तुभाउको रोकथाम एवं नियन्त्रणका साथै सुरक्षा क्षेत्रमा चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियाँल्न कुकुरद्वारा सुरक्षा जाँच गर्न थालिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।


ADVERTISEMENT

# # #


“नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतीय एसएसबी पनि सीमा क्षेत्रमा समन्वय गरेर सुरक्षा सतर्कता बढाइएको छ,” प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक गणेशराज जोशीले भने “कुकुरबाट पनि आज बिहानदेखि नाकाको सुरक्षा जाँच्न थालेका छौँ ।” उक्त कार्यका लागि धनगढीबाट एउटा कुकुर ल्याइएको छ । चाडपर्व मनाउन भारतका विभिन्न शहरबाट फर्किने नेपालीको सङ्ख्या बढ्दै गइरहेको छ ।

प्रहरीका अनुसार गड्डाचौकी नाकाबाट दैनिक पाँचदेखि सात हजार नेपाली स्वदेश फर्किरहेका छन् । सो नाकाबाट भारतको नयाँ दिल्ली, बैङ्गलोर, पञ्जाव, चण्डीगड, सिमला, नैनीताल, हरिद्वारलगायत शहरमा रोजगारीका लागि जाने गर्दछन् । सीमा क्षेत्रमा घर फर्किरहेका नेपालीमाथि दुव्र्यवहारका साथै लुटिने गरेको गुनासो आएपछि शनिबार स्थानीय प्रशासनले समेत स्थलगत अनुगमन गरेको थियो । चाडपर्वका बेला नेपाली सुरक्षित आवागमन गर्न पाउन भनेर स्थानीय प्रशासनले भारतीय पक्षसित पनि समन्वय गरेको छ ।