काठमाडौं– सहकर्मीमाथि यौन उत्पीडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा गरेका छन् ।


ADVERTISEMENT


अंग्रेजी अनलाइन पत्रिका द क्विन्टका अनुसार ‘#मी टु’: अभियानअन्तर्गत उनीमाथि पूर्व महिला सहकर्मीहरूले यौन उत्पीडन र दुव्र्यवहारको आरोप लगाएपछि अन्ततः उनले राजीनामा गरेका हुन् ।
अकबरले अंग्रेजी द एसियन एजको सम्पादक छँदा यौन उत्पीडन र दुव्र्यवहार गरेको आरोप महिला पत्रकारले लगाएका थिए ।


ADVERTISEMENT

# # #


अकबरले आरोप लगाउनेमध्ये प्रिया रमानीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । यसैबीच प्रिया रमानीको समर्थनमा १९ जना महिला पत्रकार अगाडि आएपछि अकबरले राजीनामा गरेका हुन् ।