काठमाडौँ– यूनाइटेड अरब इमिरेट्सले अष्ट्रेलियासंग एउटा टी २० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । इमिरेट्स क्रिकेट बोर्डल (इसीबी) घोषणा गरे अनसार खेल युएईको राजधानीस्थित जायद क्रिकेट स्टेडियममा आगामी सोमबार हुनेछ ।


ADVERTISEMENT


यस खेललाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ । ‘यो तालिका घोषणा गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ’ इसीबीका प्रवक्ता जायद अब्बासले युएईको राष्ट्रिय दैनिक ‘दी नेसनल’लाई भने, ‘सहयोगका लागि हामी आइसीसी, पककिस्तान क्रिकेट बोर्ड र अष्ट्रेलिया क्रिकेट बोर्डलाई धन्यवाद भन्न चाहन्छौँ ।’


ADVERTISEMENT

# # #


अष्ट्रेलिया र पाकिस्तान अहिले टेष्ट  तथा एक दिवसीय क्रिकेट सिरिजका लागि युएईमा रहेका छन् । युएईले गत महिनामा एशिया कप छनोटको फाइनलमा हङकङसंग पराजित भएको थियो ।