काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आएका छन् ।


ADVERTISEMENT


यहाँ उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT

# # #


साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।