एजेन्सी– बलिउड स्टार दिपिका पादुकोण र रणवीर सिंहले आगामी नोभेम्बर १४ मा बिहे गर्दै छन् । उनीहरूको बिहे यतीबेला बलिउड मिडियाहरूमा चर्चाको विषय बनेको छ ।


ADVERTISEMENT


केही मिडियाको जानकारी अनुसार दिपिका र रणवीरले प्रमुख वैवाहिक समारोह सानो पारिवारिक जमघटमा मात्र गर्ने बताएका छन् । प्रमुख वैवाहिक समारोह परिवारका मुख्य सदस्य मात्र रहनेछन् । उक्त समारोहमा बलिउडका केवल चार जनाले मात्र सहभागि जनाउने भएका छन् । दिपिका–रणवीरले ती चारलार्इ मात्र निमन्त्रणा कार्ड दिएका छन् ।


ADVERTISEMENT

# # #


निम्तो पाउने चार जना मध्ये तीन जना कोको भन्ने पहिचान भइसकेको छ भने एक जना पत्ता लागेका छैनन् । निमन्त्रणा कार्ड पाउने भाग्यमानीहरूमा निर्देशक सञ्जय लिला भन्साली, निर्देशक फराह खान र निर्माता आदित्य चोपडा रहेका छन् ।

बिहे इटलीमा हुने समाचार बाहिरिए पनि यसबारे दिपिका–रणवीरले मुख नखोलेकाले यो सस्पेन्स नै रहेको छ । बिहेपछि भने मुम्बई र बैंगलौरमा भव्य रिसेप्सन पार्टि दिने दिपिका–रणवीरको योजना रहेको छ । जसमा बलिउडका थुप्रै हस्तिहरु उपस्थित हुनेछन् ।