दाङ– गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् ।


ADVERTISEMENT


दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए । तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् ।


ADVERTISEMENT

# # #


नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग हुन थालेको हो ।

गत आर्थिक वर्षमा ६४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ४९५ मुद्दा फछ्र्यौट भएको अदालतका श्रेष्तेदार रेग्मीले बताए ।

पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्ध विच्छेदका प्रमुख कारण रहेको उनले बताए ।