काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ५० रन बनाएको हो ।


ADVERTISEMENT

# # #


बुटवलका ओपनर चिराग सुरी र सागर पुन चल्न नसकेपनि रोहन मुस्तफा र भीम सार्कीले उत्कृष्ट पारी खेलेका थिए । रोहनले ३५ बलमा ४५ रन बनाए भने भीमले ४६ बलमा ५४ रन बनाए । सिद्धान्त लोहनीले ११ बलमा १३ रन साथै सोमपाल कामीले ८ बलमा २२ रन बनाए ।

पोखराका मोहम्मद नाभेदले अन्तिम ओभरमा नै तीन विकेट लिए । साथै महबुब आलम, ललित राजबंशी, शरद भेषावकरले एकरएक विकेट लिए ।

पोखराले जवाफी ब्याटिङ गर्दैछ ।