ललितपुर । महालक्ष्मी नगरपालिका–९ निवासी युवा नेता, समाजसेवी तथा विकासप्रेमी अवशेष श्रेष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएका छन्।
कलिलै उमेरमा गाउँ तथा नगर तहबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले छोटो समयमै पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै केन्द्रिय महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तय गरेका हुन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महालक्ष्मी नगर समितिको सह–सचिवको जिम्मेवारी प्राप्त गरेका श्रेष्ठले संगठन विस्तार, पार्टीका गतिविधि सञ्चालन तथा निर्वाचन व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनदेखि २०८२ सालको संघीय निर्वाचनसम्म श्रेष्ठले पार्टीले दिएको जिम्मेवारीलाई सक्रियतापूर्वक निर्वाह गर्दै संगठनका गतिविधिमा महत्वपूर्ण भूमिका खेलेका थिए। युवा उमेरमै संगठनप्रति देखाएको सक्रियता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र निरन्तरको राजनीतिक क्रियाशीलताले श्रेष्ठलाई पार्टीभित्र स्थापित युवा नेताका रूपमा अघि बढाएको छ।
राजनीतिसँगै समाजसेवा र स्थानीय विकास निर्माणका क्षेत्रमा समेत सक्रिय श्रेष्ठले युवालाई पार्टी संगठनमा थप प्रभावकारी रूपमा जोड्दै कांग्रेसलाई बलियो र गतिशील बनाउन भूमिका खेल्ने बताएका छन्। केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएपछि श्रेष्ठको राजनीतिक यात्रा अब केन्द्रित राजनीतितर्फ अघि बढेको छ। केन्द्रमा पुगेर युवा पुस्ताका आवाज, समस्या र अपेक्षालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्य रहेको श्रेष्ठले बताएका छन्। कलिलै उमेरमा स्थानीय तहदेखि नगर हुँदै केन्द्रिय महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तय गरेका श्रेष्ठको यो सफलता कांग्रेसभित्र युवा पुस्ताको बढ्दो सक्रियताको उदाहरणका रूपमा समेत हेरिएको छ।
















