काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटबार्ता भएको छ ।


ADVERTISEMENT


आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र होङबीच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको थियो ।


ADVERTISEMENT

# # #


भेटमा राजदूत होङले अध्यक्ष प्रचण्डको प्रधानमन्त्री कालमा नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनेकोमा खुसी व्यक्त गरिन्। सो अवसरमा होङले प्रचण्डको १० महिने प्रधानमन्त्री काल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार व्यक्त गर्दै १० महिनाको छिटै अवधिमा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गरेको बताइएको छ ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकी बीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताए।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो १० महिने प्रधानमन्त्री काल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गरे ।