कार्तिक– रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले यसपालीको दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।


ADVERTISEMENT


क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही श्री नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद रू. एक लाख गर्नेछन् ।


ADVERTISEMENT

# # #


२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भइसकेका छन् ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नेछन् । आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना जारी राखेको छ ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत रू.हजारको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू १० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू. १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू २० लाख नगद प्रदान गरिनेछ ।

‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्ने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैन । विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ ।