काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपलका उत्कुष्ट एक सय पर्यटकीय स्थलका घोषणा गरेको छ । मन्त्रीस्तरी निर्णयबाट पर्यटन मन्त्रालयले बिहीबार ७७ जिल्लाका एक सय वटा गन्तव्य सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


प्रकृतिक, पुरातात्विक, एतिहासीक संस्कृतिक र धार्मीक दृष्टिकोणबाट नेपाल विश्वकै एक पर्यटकीय भएकाले सो ठाँउहरुबाट जनस्तरमा आर्थिक समृद्धी ल्याउँने पर्ने जरुरी रहेको औंल्याएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयको अनुसार सबैभन्दा धेरै काठमाडौंमा पर्यटकीय स्थल रहेको छ । काठमाडौंको पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भु, नारायणहिटी, चन्द्रागिरी, सुन्दरीजल र बूढानीलकण्डलाई पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्त्रलयाले जनाएको छ ।

ललितपुरमा जम्मा दुईवटा ठाउँ मात्र पर्यटकीय क्षेत्रका रुपमा मन्त्रालयले पहिचान गरेको छ । ललितपुरको पाटन दरबार स्क्वयार र फूलचोकी डाँडालाई पर्यटकीय स्थलको रुपमा पहिचाहन गरेको छ । मन्त्रालयले नेपाली भाषाको उद्गम थलो जुम्लाको सिंजा उपत्यका, हुम्लाको लिमी, मुगुको रारा ताललाई पनि पर्यटकीय स्थलको रुपमा पहिचाहन गरेको छ ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।