कञ्चनपुर– कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १००दिन पूरा भएको छ । प्रशासनले अहिलेसम्म घटनाको दोषी पत्ता लगाउन सकेको छैन ।


ADVERTISEMENT


घटनाको सुरुआती अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र इन्स्पेटर जगदिश भट्टलाई बर्खास्त गरेको छ । वास्तविक दोषिसम्म पुग्न नसक्दा सरकारलले जनदवाव थामथुम पार्न प्रहरी अधिकारी बर्खास्त गरेको आरोप खेपेको छ । प्रहरी प्रधान कार्यालयले पनि हत्या अनुसन्धानका लागि भन्दै विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ । तर ती अनुसन्धान समितिले पटक पटकको स्थलगत अनुगमन तथा स्थानीयसँगको छलफलका क्रममा दोषि पत्ता लगाउनुको सट्टा प्रहरीबाटै अनुसन्धानमा लापरबाही भएको र प्रमाण मेटाइएको निष्कर्ष निकालेका छन् ।


ADVERTISEMENT

# # #


निर्मलाको परिवार भने सय दिन बित्दासमेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै अनशन बस्ने तयारीमा पुगेको छ । निर्मलाका निम्ति न्याय अभियानले घटना अनुसन्धानमा सरकारलाई दवाव दिन भन्दै आज अपराह्न बानेश्वरमा प्रदर्शनको आह्वान पनि गरेका छन् ।