महोत्तरी– बर्दिबास नगरपालिका गौरीडाँडा–३ बाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


धनुषा जनकनन्दनी गाउँपालिका–२ बस्ने ३६ वर्षीय मोहमद अताबुल र सोही ठाउँ बस्ने ३३ वर्षीय महमद ईलियातलाई नियन्त्रित लागूऔषध डाईजेल्याब, फेनारगन, स्पाज्मो प्रोसिभोन र नुर्फीन समेत गरी १ हजार ८ सय एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ८४६८ नम्बरको माईक्रोबस जाँच गर्दा अताबुल र ईलियातलाई उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।