डोल्पा– डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।


ADVERTISEMENT


सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गरे ।


ADVERTISEMENT

# # #


घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको विष्टले बताए । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ ।