काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक सहर पोखरा पल्टनले हात पारेको छ ।


ADVERTISEMENT


चितवन राइनोजलाई ३ विकेटले पाखा लगाउँदै पहिलो संस्करणको उपाधि पोखराले जितेको हो ।


ADVERTISEMENT

# # #


पोखरा रंगशालामा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनायो । १६१ रनको लक्ष्य पच्छ्याएको पोखराले ४ बल बाँकी रहँदा ७ विकेटको क्षतीमा पूरा गर्यो।

पोखराको जितका लागि रवी इन्दर सिंहले उत्कृष्ट प्रदर्शन गरे । उनले ५८ बलमा ९० रन हाने । यसक्रममा उनले १३ वटा चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । उनले ३ चौका र एक छक्का ठोके । यस्तै कप्तान शरद भेषवाकरले २२, आशिफ सेख १२ रन बनाउँदा बिनोद भण्डारी ५ रनमा अनआउट रहे ।

चितवनका लागि भुवन कार्कीले दुई विकेट लिए । यस्तै पारस खड्का, सन्नी पटेल र करण केसीले समान १-१ विकेट हात पारे ।

यसअघि चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे ।

त्यस्तै, ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।

पोखराका लागि ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १-१ विकेट लिए ।