धादिङ — धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ । पल्टिएको बुलेटमा आगलागी भएसँगै राजमार्गसमेत अवरुद्ध भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा गीता नेपाली र सुमित्रा नेपाली रहेका छन् । ग्यास लिक हुँदा आगो लागेपछि बुलेट सडकबाट ५० मिटर तल खसेको छ । बुलेटले च्याप्पिए दुई महिलको मृत्यु भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुगिसकेका छन् । थप विवरण आउन बाँकी छ ।