दार्चुला– सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेकी ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ । नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलङ्गाबाट उद्धार गरेको हो ।


ADVERTISEMENT


गाउँबाट काकी नाता पर्ने कौसा ठगुन्नाले आफूसँगै सदरमुकाम खलङ्गामा कापी झोला खरीद गर्नको लागि ल्याएका बडाललाई खलङ्गा बजारमा अलपत्र छोडेकी हुन्। बङ्गाबगडमा सोमबार दिउँसो ४ बजे पुगेका बालिकालाई आफू एक छिनपछि आउने भन्दै सडक छेउमै छोडेर ठगुन्ना सम्पर्कविहीन भएको बालिकाले बताइन् ।


ADVERTISEMENT

# # #


बालिका खोज्न सोमबार रातिसम्म ठगुन्ना नआएपछि बालिकालाई प्रहरीले सडक छेउमै भेट्टाएको थियो । आफन्तसँग आएका बालिका अभिभावक नहुँदा बाटोमै अलपत्र परेको पाइएपछि उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए ।

मङ्सिर १ गते विद्यालय खुल्ने भएपछि कापी र झोला किन्न भन्दै बालिकालाई काकी नाता पर्ने ठगुन्नाले खलङ्गा ल्याएको बालिका बडालले बताए । यहाँ आइसकेपछि काकी कहाँ गए भन्ने थाहा भएन् ।

लटिनाथ मावि खारमा कक्षा ५ मा अध्ययन गर्दै आएका बडाल गरीब परिवारमा जन्मिएका बालिका हुन् । उनको घरमा चार भाइ र तीन बहिनी छन् । जसमा दाइ राजेन्द्र कक्षा ५, दिदी नरुली कक्षा ५ र नारन्ती कक्षा ५ मा लटिनाथ मावि खारमा पढ्दै आएका छन् । यस्तै उहाँका भाइ मनवीर कक्षा ३, भाइ रोहित कक्षा २ र बहिनी वसन्ती कक्षा १ तथा भरत बडाल शिशु कक्षामा होपरीगाडमा अध्ययन गर्दै आएका छन् ।

गरीबीका कारण बुबा भारतमा मजदूरी गर्न गएको बालिकाले बताए। प्रहरीले उद्धार गरेका बालिकाको लागि झोला, कापी कलम खरीद गरी हस्तान्तरण गरेको छ । प्रहरीले उद्धार गरिएका बालिकालाई मामा नाता पर्ने शेरसिंह बोहरा र काकी नाता पर्ने धाना धामीलाई जिम्मेवारी लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।