कलैया– बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा नदीको किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलित समुदायका व्यक्तिलाई हवनमा बस्न निषेध गरिएको छ ।


ADVERTISEMENT


भदौ ५ गतेदेखि शुरु भएको सीताराम जप महायज्ञ’ ११७ दिनको रहे पनि यज्ञमा प्रसौनीका दलित समुदायका व्यक्तिलाई हवनमा बस्न नदिएपछि स्थानीय दलित समुदायका व्यक्ति निरास बनेका छन् । महायज्ञ व्यवस्थापन समितिले दलित समुदायका व्यक्ति हवनमा बस्दा अनिष्ट हुने अफवाह फैलाएपछि न्यायका लागि दलित समुदायका व्यक्ति प्रशासनमा गएका थिए । प्रशासनको भूमिकासमेत प्रभावकारी नहुँदा दलित समुदायको हकमा अन्याय भएको पूर्वमन्त्री कलावती पासवानले बताइन् ।


ADVERTISEMENT

# # #


महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष सुनील गुप्ताले आज पत्रकार सम्मेलन गरी आफूहरुले दलित समुदायका व्यक्तिलाई हवनमा बस्न कुनै किसिमको अवरोध नगरेको जानकारी दिए। राष्ट्रियसभा सदस्य रमेश यादवले मानव कल्याणका लागि यज्ञको थालनी भएकाले विभेद गर्न नपाउने कानूनको अवज्ञा गर्ने अधिकार कसैको नरहेको बताए ।