काठमाडौँ– शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।


ADVERTISEMENT


लिग निर्देशक सञ्जिव मिश्रले भने, “एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो सातादेखि गर्ने सहमति भएको छ, प्रतियोगिता शुरु हुने मिति केही समयमा तय गर्छौं ।” सहमतिअनुसार लिगको तयारीका लागि एन्फाले प्रत्येक सी डिभिजन क्लबलाई रु चार/चार लाख आर्थिक सहयोग समेत उपलब्ध गराउनेछ ।


ADVERTISEMENT

# # #


‘सी’ डिभिजन लिगमा ११ सी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड, खलिबारी, मनहरा, स्वयम्भू, समाज कल्याण खेलकूद केन्द्र, कुमारी, सानो गौचरण, ओसिस, सानेपा, सामाजिक र वीरगञ्ज युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी क्लबलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष चार टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।