बेझाड – रामपुरमा सात वर्षीया बालिका बलात्कृत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


भारत बिहार बेतिया धन्ग्रौल घर भएका रामपुरमा ज्याला मजदुरी गर्दै आएका २२ वर्षका कौशर आलमलाई बालिका बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


बिहीबार दिउँसो ४ बजे बालिका बलात्कार गरी फरार रहेका आलमलाई राति ९ बजे रामपुर नगरपालिका–५ स्थित मटेरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भोजराज पाण्डेले जानकारी दिए ।

“बालिका बलात्कृत भएको खबर ७ः३० बजे हामीकहाँ आयो, त्यसलगत्तै टोली खटिएर बलात्कारीलाई पक्राउ गर्न सफल भइयो”, उनले भने । बालिका बलात्कार गर्ने आलमलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको छ ।