काठमाडौं– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछटोले अर्को छलाङ मारेका छन् । विश्वभरिका ठूला फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले अब पाकिस्तान सिपर लिग (पीएसएल)मा सहभागिता जनाउने भएका छन् ।
मंगलबार पाकिस्तानमा भएको अक्सनमा गोल्ड क्याटेगोरीमा रहेका उनलाई लाहोर क्लान्डर्सले अनुबन्ध गरेको हो ।


ADVERTISEMENT


सन्दीप गोल्ड क्याटागोरीबाट छानिने पहिलो खेलाडी भएका छन् भने पाकिस्तान सुपरलिगमा छानिने पनि पहिलो नेपाली खेलाडी भएका छन् । डाइमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी ४ वर्गमा खेलाडीको वर्गीकरण गरिँदा सन्दीप विदेशी खेलाडी कोटाबाट गोल्ड क्याटागोरीमा परेका थिए भने पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका सोमपाल सिल्भर क्याटेगोरीमा छन् ।


ADVERTISEMENT

# # #


सन्दीपले पीएसएल खेलेबापत ५० हजार अमेरिकी डलर अथार्त करिब ५७ लाख रुपैयाँ पाउने भएका छन् । आइपीएल, सीपीएल, जी टी २०, एपीएल खेलिसकेका सन्दीपले अब बीपीएल र बिगबास खेल्दैछन् ।