काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले किसानको ऋण तिरिदिएका छन् । उनले किसानको चार करोडभन्दा बढी ऋण तिरिदिएका हुन् ।


ADVERTISEMENT


मंगलबार अमिताभ बच्च्नले आफ्नो ब्लगमा लेखेका छन् उनले १ हजार ३ तीन सय ९८ किसानकोे ऋण तिरिदिएर जिम्मेवारी उठाएका छन् । उनले लेखेका छन् ‘एक काम पूरा भयो ।’


ADVERTISEMENT

# # #


सबै किसान उत्तर प्रदेशका हुन् ।

उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियासँग सम्झौता गरेर तिरिएको थियो । उनले २६ नोभेम्बरमा आफैँले किसानहरुलाई बैंकको ऋण भक्तानको पत्र दिनेछन् ।

बच्चनले ऋण भूक्तानको पत्र दिनका लागि ७० जना किसानलाई मुम्बई बोलाएका छन् । उनीहरुलाई मुम्बई ल्याउनका लागि ट्रेनको एक डिब्बा बुक गरेको बताइएको छ ।