काठमाडौँ– विश्व योग दिवसका अवसरमा आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।


ADVERTISEMENT


काठमाडौँमा पनि विभिन्न कार्यक्रम गरी योगा दिवस मनाइएको छ । राजधानीको प्रदर्शनीमार्गमा आयोजित योग अभ्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा पतञ्जलि योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराएका थिए । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो ।