काठमाडौं । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरुको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् ।


ADVERTISEMENT


उनले विधानका विषयमा केन्द्रीय समितिमा छलफल गरेर जतिसक्दो छिटो विधानको मस्यौदालाई अन्तिम रुप दिनुपर्ने भएकाले समयलाई ध्यान दिँदै केही दिन जिल्ला नजान भनेका हुन् ।


ADVERTISEMENT

# # #


बुधबारको अनौपचारिक बैठकमा नेताहरुबीच ९ गते केन्द्रीय समिति बैठक बस्ने, सो बैठकमा विधान समितिले विधानको मस्यौदा बुझाउने र दुई दिन केन्द्रीय सदस्यहरुलाई अध्ययन गर्न दिएर १२ मंसिरबाट केही धारणा भए राख्न समय दिइने सहमति भएको छ ।

त्यसपछि २० देखि २१ मंसिरसम्म विधानसहितका सबै विषयलाई टुंग्याएर विभिन्न दस्तावेजहरु प्रकाशन गरिने र २८ मंसिरदेखि ३ पुससम्म हुने महासमिति बैठकमा सबै विषयलाई लैजाने सहमति भएको हो ।