काठमाडौं– गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ ।


ADVERTISEMENT


बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर ‘नशालु आँखा’ को म्युजिक भिडियो बिमोचन गरेका हुन । पत्रकार ऋषि धमलाले एल्मब सार्वजनिक गर्दै गायिका पोखरेल र गायक खातीको संयुक्त कोशेली ‘नशालु आँखा’ बोलको गीतले यूवा पुस्तालाई आकर्षित गर्ने विश्वास दिलाए ।


ADVERTISEMENT

# # #


गीतकी गायिका तथा हट मोडल शिलु पोखरेलले वर्तमान पुस्ता परिवर्तनको पक्षमा केन्द्रीत भएको दाबी गरेकी गरिने । उनले भनिन्, ‘यो गीतको म्युजिक भिडियो पहिलोपटक निर्देशन गरेका छौं, किरण र मैले संयुक्त रुपमा यो गीतलाई अलि कामुक तरिकाले निर्देशन गरेका छौं, आशा छ, यसलाई पनि समाजले सकारात्मक रुपमा लिनेछ’ उनले आउने दिनहरुमा पनि यसभन्दा ग्ल्यामर खालका गीतहरु निर्माण गर्ने सोच बनाइरहेकी बताइन् ।

गायिका पोखरेलको शब्द तथा वृजेश श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोको कोरियोग्राफी काजी पारसले गरेका छन् । शिलु र किरणको कामुक अभिनय रहेको गीतमा र्यापर सरकार जाओस, त्यस्तै कलाकारहरु रविना श्रेष्ठ, गान्दिप मल्ल, पविता आचार्य, रोजिना श्रेष्ठ, अनुषा श्रेष्ठ, अदिती जोशी, रसिला राई, अजय भट्टराईलगायतको अभिनय देख्न सकिन्छ ।
भिडियो :