झापा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारीको जागिर चट हुने बताएका छन्।


ADVERTISEMENT


जिल्ला समन्वय समिति झापामा शुक्रबार आयोजित एक कार्यक्रममा उनले कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद् बैठकबाट लोकसेवा गएको र अब छिटै जारी हुने बताएका छन्।


ADVERTISEMENT

# # #


पण्डितले चेतावनीको भाषामा भने, ‘सरकारले पठाएको स्थानमा नजाने भए कुम्लो कस्दै गरे हुन्छ।’

पण्डितले अपुग कर्मचारी लोकसेवा आयोगमार्फत पूर्ति गरिने जानकारी दिए। उनले भने, ‘नेपाल भनेको काठमाडौँ मात्र हो भन्ने किसिमको मानसिकता त्याग्नुहोस्, नत्र तपाईहरुलाई सरकारले छाड्दैन।’

कर्मचारीको माग अनुसार सेवा बृद्धि गरिए पनि खटाएको स्थानमा जान आनाकानी गरिरहेको पण्डितको भनाइ थियो।

संविधानसँग बाझिएका कानुन फागुन २१ गते भित्र संशोधन भइसक्ने उनले दावी गरेका छन्।