काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मूलधारमा ल्याउन नसकेको भन्दै सरकार र राजनीतिक दलहरुको आलोचना गरेका छन् ।


ADVERTISEMENT


यसैबीच उनले हिमाल, पहाड र तराईबीचको एकतालाई बलियो बनाउन पहल गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


शुक्रबार जगत नेपालद्वारा लिखित ‘विपीको विद्रोह’ नाममा पुस्तक विमोचन गर्दै उनले विपीले देखाएको मेलमिलापको बाटोबाट अघि बढ्नुको साटो राजनीतिक दलहरु पदीय भागबण्डामा केन्द्रीत भएको गुनासो गरेका थिए ।

पूर्व राष्ट्रपति यादवले सबैले मिलेर मुलुकमा शान्ति स्थापना गर्न ढिलाई गर्न नहुने जोड दिए ।

पूर्व राष्ट्रपति यादवले राज्यका संवैधानिक निकायमा पदीय बाँडफाँड भइरहेको भन्दै आपत्ति जनाएका थिए ।