काठमाडौं । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार स् छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।


ADVERTISEMENT


अभियानको क्रममा विभिन्न संघसंस्थाले पदयात्रा, अन्तर्क्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम गर्दैछन् । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराध अन्त्य गर्न यो अभियान सुरु भए पनि लैगिंक हिंसाका घटना भने रोकिएका छैनन् । विश्वमा सन् १९९१ देखि र नेपालमा २०५४ सालदेखि अभियान सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


अभियानका क्रममा दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्र्रिया गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । साझा यातायातले सार्वजनिक यातायातमा हुने यौन हिंसा विरुद्ध हिजोदेखि नै अभियान सुरु गरेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति लिइएको दाबी गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश दिंदै उहाँले लैङ्गिक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानूनबमोजिम कडा सजाय दिन सरकार दृढ रहेको दाबी गरेका हुन् ।