काठमाडौं– नेपाली कांग्रेसको विधान मस्यौदा समितिले तयार गरेको मस्यौदा पेश भएको छ । आइतबार (आज)केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेश गरेका हुन् ।


ADVERTISEMENT


शनिबार समितिबाट पारित गरी आइतबार बैठकमा पेश गरिएको मस्यौदामा नेताहरुलाई दोहोरो जिम्मेवारी नदिने प्रस्ताव गरिएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । यो प्रस्ताव पारित भए कांग्रेसको विधानमा एक व्यक्ति, एक पदको व्यवस्था हुनेछ ।


ADVERTISEMENT

# # #


पदाधिकारीहरु भने बढ्ने छैनन् । बैठकमा पेश गरिएको मस्यौदामा पदाधिकारीबारे पुरानै व्यवस्था कायम हुने उल्लेख गरिएको समितिका प्रवक्ता लेखकले बताए ।

तर, केही नेताहरूले पदाधिकारी संख्या बढाउनुपर्ने अडान राखेकोले फरक मतलार्इ पनि मस्यौदामा समेटिएको उनले बताए । फरक मत राख्ने नेताहरूले उपसभापति ३ जना र सहमहामन्त्री ५ जना हुने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् ।

विधान मस्यौदामाथि यही मंसिर १३ गतेदेखि छलफल हुने कांग्रेसले जनाएको छ ।