काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन आज (सोमबार) हुँदैछ ।


ADVERTISEMENT


पूर्वनिर्धारित कार्य सूचिअनुसार नेकपा सचिवालयको बैठकमा यसअघि नै केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी आज (सोमबार) बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने तयारी छ ।


ADVERTISEMENT

# # #


केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

केन्द्रीय सदस्यको कार्य विभाजनबारे भएको छलफलमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल र नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।