काठमाडौं । नेपाली कांग्रेसका नेता विनयध्वज चन्दले कांग्रेसमा वैचारिक विचलन आएको बताएका छन्।


ADVERTISEMENT


नेपाल प्रेस युनियन बैतडीले सोमबार गरेको पत्रकार सम्मेलनमा कांग्रेसका पूर्वप्रमुख सचेतक एवं बिपी विचार राष्ट्रिय समाजका महासचिव चन्दले बिपीको सिद्धान्तलाई भुलेर कांग्रेस अगाडि बढ्न नसक्ने ठोकुवा गर्दै समाजमार्फत बिपीको विचारलाई जनजनमा पुर्याउने काम गरिरहेको जिकिर गरे।


ADVERTISEMENT

# # #


उनले भने, ‘मुद्दाका आधारमा राजनीतिक दलमा गुट हुनुपर्नेमा व्यक्तिपिच्छेका गुटले कांग्रेसलाई कमजोर बनाएको छ, व्यक्तिगत गुटमा लाग्ने व्यक्ति कांग्रेस हुनै सक्दैन।’ रासस