काठमाडौँ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय चुनौती र समस्या समाधान गर्दै देश विकास र समृद्धिको आधार हुने बताएका छन्।


ADVERTISEMENT


ऊर्जा र वातावरणका लागि राष्ट्रिय महिला सञ्जाल नेपालले ललितपुरमा आयोजना गरेको ‘हरियाली वातावरण कोष र लैङ्गिक समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मानवीय आवश्यकता पूरा गर्ने क्रममा विभिन्न प्रकारका वातावरणीय परिवर्तनलाई चुनौतीका रुपमा मात्र नलिई सफलताका रुपमा हेर्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


समाजका सबै क्षेत्रका मानिसलाई जलवायु परिवर्तनसम्बन्धी छलफल, नीति निर्माण तथा योजनामा समावेश गरी सहभागितामूलक बनाउनुपर्नेमा उनको जोड थियो । मानवीय जीवनमा असम्भव केही नहुने भन्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनसम्बन्धी तीनै तहका सरकारको आफ्ना क्षेत्राधिकारभित्र रही जनचेतना, सजगता तथा लगाव हुनुपर्ने बताए।

सिप्रेड नेपालका कार्यकारी निर्देशक डा पासाङ डोल्मा शेर्पाले जलवायु तथा अन्य विभिन्न प्रकारका वातावरणीय प्रदूषण रोक्न लैङ्गिक समानता हुनुपर्नेमा जोड दिए । उनले सरकारले वातावरणसम्बन्धी रणनीति तर्जुमा गर्दा महिला मैत्री बनाउनुपर्नेमा विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष उत्तरा नेपालले अव्यवस्थित रुपमा वनजङ्गल फँडानी, भू–क्षय, प्लानिङ, पुराना सवारीसाधन, कलकारखानाबाट निस्कने धुवाँधुलो नै वातावरण प्रदूषणको मूख्य कारण भएको बताए।