काठमाडौं । लगानीकर्ताहरुले अनलाइन प्रणालीमा सुधारको माग गर्दै नेपाल स्टक एक्सचेन्ज घेराउ गरेका छन् ।


ADVERTISEMENT


सेयर लगानीकर्ताहरूले अनलाइन प्रणालीमा बारम्बर समस्या आएसँगै प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सोमबार भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय घेराउ गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेप्सेले गत कात्तिक २० गतेबाट अनलाइन प्रणाली सुरु गरेको थियो ।

अनलाइन प्रणाली सुरु गरेसँगै बजारमा सुधार आउने अपेक्षाविपरीत प्रणालीमा बारम्बार समस्या आउनुका साथै बजार झन् ओरालो लाग्दै आएको छ ।

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघलगायत लगानीकर्ताका संगठनले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

लगानीकर्ताहरूले स्टक एक्सचेन्जले कमिसन खाएर सफ्टवेयर भित्र्याएको आरोपसमेत लगाएका छन् ।

स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने सुरुआती समय भएर केही सुस्त भएपनि अब समस्या नआउने प्रतिबद्धता व्यक्त गरे ।

आगामी मंसिर २३ गतेबाट लगानीकर्ताले आफ्नै युजर आइडी र पासवर्डबाट सेयरको किनबेच गर्न पाउने पनि उनले उल्लेख गरे ।

यता, नेप्सेको आधारहीन भविश्यवाणी गर्दै बजार अझै झर्छ भनी टिप्पणी गरेको भन्दै लगानीकर्ताहरुको भीडले प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालमाथि हातपात पनि गरेको थियो ।