काठमाडौं । विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट मंगलबार सयौँलाई मन्त्रमुग्ध बनाए ।


ADVERTISEMENT


भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म तबला बजाएर दुवै हातको जादू चलाए र सबैलाई लठ्ठै पारे ।


ADVERTISEMENT

# # #


उनले वर्षाका बेलाको गड्याङगुडुङ र चट्याङ, मृगको चाल जस्ता विषयलाई पनि सङ्गीतमा अनुवाद गरे भने सामान्य बोलीचालीलाई पनि तबलाबाटै प्रस्तुत गरे । हुसेनलाई सारङ्गीबाट सविर खान, ढोलकबाट नवीन शर्मा र मृदङ्गबाट आनन्द कृष्णले साथ दिएका थिए । चारै माध्यमबाट उत्पन्न सङ्गीतले स्रोता झन् उत्तेजित भएका थिए ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध बढाउन कलासङ्गीतले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा नेपालका मन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, सङ्गीतकार तथा नेपाल र भारतका व्यक्तित्वको सहभागिता थियो ।