काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित भइरहेको छ । आन्तरिक विवाद समाधान गरी मंगलबार सचिवालय बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भयो ।


ADVERTISEMENT


नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक बुधबार बस्ने बताए । नेताहरुको आन्तरिक तयारी एवं कार्यव्यस्तताका कारण मंगलबारको बैठक स्थगित भएको उनले बताए ।


ADVERTISEMENT

# # #


प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्युरो कमिटी गठन, जिल्ला एवं जनवर्गीय संगठनहरुको एकता लगायतका कार्यमा विवाद भएपछि समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको थियो ।