काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चौथो चरणको खेल सकिँदै छ । एन्फा मैदान सातदोबाटोमा हुने २ खेलसँगै चौथो चरण सकिन लागेको हो ।


ADVERTISEMENT


बुधबार हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा भिड्ने छन् । दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको शेर्पा आजको खेलमा विजयी भए तेस्रो स्थानमा पुग्ने छ ।


ADVERTISEMENT

# # #


पछिल्ला दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको मछिन्द्र पनि स्पष्ट तीन अंक लिने प्रयासमा हुने छ । मछिन्द्र विजयी भए ११औं स्थानबाट आठौं स्थानमा आउने छ ।

यसैगरी बुधबार नै दिउँसो साढे २ बजे फ्रेन्ड्स र जावलाखेल युथ क्लब आमने सामने छन् । तालिकाको पुछारमा रहेका दुवै टिमआजको खेलमा पहिलो जित हात पार्ने प्रयासमा हुने छन् ।

दुवै टिमले अहिलेसम्म तालिकामा अंक जोड्न सकेका छैनन् । चौथो चरण जारी रहँदा अहिलेसम्म सिग्नेचर मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबले मात्रै अपराजित यात्रा कायमै राखेका छन् । मनाङले ४ खेलबाट १२ अंक जोड्दा समान खेलबाट आर्मीले १० अंक जोडेको छ ।