काठमाडौं । सरकारले सामाजिक सुरक्षा योजना लागु भएको घोषणा गर्दा भड्किलो र अनावश्यक प्रचार प्रसार गरेको भन्दै तीव्र आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा त सामाजिक सुरक्षा योजनाको पक्ष र विपक्षमा टिप्पणी गर्नेहरुबीच दोहोरी नै चलिरहेको छ ।


ADVERTISEMENT


यसमा आम सर्वसाधारणदेखि लिएर थुप्रै राजनितिज्ञहरुले पनि आ-आफ्नै धारणा पोखेका छन् । यसैबीच कांग्रस नेता धनराज गुरुङ्गले भने सरकारको यो भड्किलो प्रचार शैलीप्रति खरो आलोचना गरेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौँका सडकमा रहेका पोलहरुमा प्रधानमन्त्री ओलीको तस्बिर झुण्ड्याएर अनावश्यक खर्च गरेकोप्रति व्यङ्ग्य गर्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘अब तुइन भएका ठाउँमा पनि ओलीको तस्बिर राख्नु पर्‍याे ताकि तुइन तर्ने जनताले ओलीको तस्बिरमा फूल चढाउन पाउन्। ’

ओलीले यसअघि नै प्रधानमन्त्री भएका बेला नेपालबाट तुइन हटाउने घोषणा गरेका थिए । तर उनी दोस्रो पटक प्रधानमन्त्री भएपनि नेपालबाट तुइन विस्थापित हुन सकेको छैन ।