बुटवल– प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुटवल मिडिया प्रकाशन प्रालिद्वारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ औँ वार्षिकोत्सवको अवसरमा उनले विगतका वर्ष राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै अबको समय सुखी नेपाली र समृद्ध नेपाल निर्माणको समय हुने धारणा राखे ।


ADVERTISEMENT

# # #


संविधानको मौलिक हकमा नै शिक्षा, स्वास्थ्य, रोजगार, समानताजस्ता हक प्रत्याभूत गरिएको भन्दै सभामुख घर्तीले सङ्घीयता, समावेशी, समानुपातिक सहभागिता संविधानमा उल्लेख हुनु ठूलो उपलब्धि भएको चर्चा गरे । प्रदेश नंं ५ का विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले पत्रकारिता निष्पक्ष र व्यावसायिक हुनुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्वसांसद रामचन्द्र भट्टराई, पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीलगायतले बोलेका थिए ।

पत्रिकाका सम्पादक बालकृष्ण चापागाईंले अबको पत्रकारिता मिशनसहितको व्यावसायिकता हुनुपर्नेमा जोड दिए । बुटवल मिडिया प्रकाशन प्रालिका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत पत्रिकाका समाचारदाता सिपी खनालले गरेका थिए।