काठमाडौं – गत मंगलबार बिहान सरकारले जनतालाई सरप्राइज दियो । एकाएक काठमाडौँका पोलपोलमा, हरेक पत्रिकाका पहिलो पेजमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित ‘नयाँ युग सुरुवात’ लेखिएका प्रचार सामग्रीहरु देखिए ।


ADVERTISEMENT


योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्नका लागि सरकारले गरेको भड्किलो प्रचार गरेको र राज्यको ढुकुटी सकेको भनेर सामाजिक सञ्जालमा आलोचना गर्नेको लाम लाग्यो ।


ADVERTISEMENT

# # #


अहिलेसरकारकै त्यही शैली अपनाएर कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै युवा समूहले पोलपोलमा पोष्टर टाँसेका छन् । युवा समूहले निर्मलाको न्यायको माग गर्दै निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोष्टर काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसेका हुन् ।

टाँसिएको पोष्टरमा अंग्रेजीमा लेखिएको छ– न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो ।

उनीहरुले व्यक्तिगतरुपमा खर्च उठाएर पोष्टर टाँसेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको समाचार सार्वजनिक भएलगत्तै युवाहरुको यो समूहले व्यंग्य कस्दै भीखसमेत मागेको थियो ।