काठमाडौं – अहिलेसम्मकै महङगो बलिउड चलचित्र ‘२.०’ आजबाट रिलिज भएको छ । अक्षयकुमार मुख्य भूमिकामा रहेको चलचित्र ‘२.०’ अहिलेसम्मकै सर्वाधिक महङगो चलचित्र भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT


चलचित्र ‘२.०’ बनाउन ५ सय ४३ करोड भारतीय रुपैयाँ लागेको बताइएको छ । थ्रि डीमा सुटिङ भएकाले पनि चलचित्रको लगानी महङ्गो परेको जनाइएको छ ।
यो चलचित्रले आफ्नो स्याटलारुइट राइट्स १२० करोडमा विक्री गरिसकेको छ ।


ADVERTISEMENT

# # #


एआर रहमानले संगीत गरेको चलचित्र ‘२-०’ लाई एस शंकरले निर्देशन गरेका छन् । १४ भाषामा आज रिलिज भएको चलचित्र अझै १० भाषामा डविङ हुने जनाइएको छ ।

रजनिकान्त रहेको चलचित्रमा अक्षयकुमार खलपात्रका रुपमा प्रस्तुत भएका छन् ।