काठमाडौं – काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । नयाँ बसपार्कमा रहेको स्वस्तिका त्रिवेणी गेष्टहाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास कुँवरको हत्या भएको हो । प्रयास मंगलबार साँझ होटलबाटै हराएका थिए ।


ADVERTISEMENT


बालकको शव म्हेपीमा भेटिएको र उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । अपहरण र हत्यामा संलग्नताको आशंकामा मृतक कुँवरका बुबाको गाडी चालक महेन्द्र सार्कीलाई पक्राउ गरिएको एसएसपी सिहंले बताए ।


ADVERTISEMENT

# # #


बालकको शव खोला किनारमा झोलामा पोको पारिएको अवस्थामा फेला परेको बताइएको छ ।