काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सोल्टी होटलमा छाडेर फर्किएका प्रहरी सहायक निरीक्षक दुर्घटनामा परेका छन् ।


ADVERTISEMENT


बिहीबार बेलुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई सोल्टी होटलमा छाडेर फर्किएका मोटरसाइकल चालक प्रहरी सहायक निरीक्षक दिपेन्द्र गुरुङ घाइते भएका प्रहरीले जनाएको छ । भीआईपी छाडेर फकर्ने क्रममा बा १ ज ६५७७ नम्बरको माइक्रोले गुरुङ चढेको बा २ ब २५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनापछि टाउकोमा चोट लागेका प्रहरी सहायक निरीक्षक गुरुङको नेपाल पुलिस अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । ठक्कर दिने माइक्रो चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।