काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एसिया प्यासिफिक समिटमा सामेल हुन आइपुगेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीबीच दुइपक्षीय छलफल हुँदैछ।


ADVERTISEMENT


दरवारमार्गको होटल अन्नपूर्णमा प्रधानमन्त्री ओली र सुकीबीच दुई देशीय हितबारे छलफल हुने कार्यक्रम तय गरिएको छ।


ADVERTISEMENT

# # #


अपरान्ह १२ बजे छलफल भएपछि प्रधानमन्त्री ओलीले सुकीलाई दिवाभोज दिने भएका छन्।

यसअघि प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग होटल द्धारिकाजमा शिष्टाचार भेट गर्नुका साथै दुई देशीय आपसी हित, शान्ति प्रक्रिया, नेपाल सरकारको प्राथमिकताबारे छलफल गरेका थिए।

उच्चस्तरीय भेटसँगै नेपाल र कम्बोडियाको हवाई सम्झौता भएको थियो।