काठमाडौँ– गत वर्षको चर्चित फिल्म ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्कापञ्जा २’को टिजर सार्वजनिक भएको छ ।


ADVERTISEMENT


दीपाश्री निरौलाकै निर्देशन रहेको फिल्मको पटकथा दीपकराज गिरीले लेखेका छन् भने संवाद लेखनमा गिरीसहित जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबुढा’ र अभिमन्यु निरवी रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


छक्कापञ्जामा बैदेशिक रोजगारीको कारण सिर्जना हुने समस्याको बारेमा देखाइएको थियो । ‘छक्कापञ्जा २’मा भने युवापुस्तामा बढेको बैदेशिक मोहलाई देखाइएको बताइएको छ ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत, श्वस्तिमा खड्का लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

फिल्म असोज ११ गतेबाट हलमा रिलिज हुँदैछ ।

हेर्नुहोस् ‘छक्कापञ्जा २’को टिजर