काठमाडौं । एन आई सी एसिया बैंकले का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।


ADVERTISEMENT


बैंक सञ्चालक समितिको बैठकले तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत गरेपछि न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।


ADVERTISEMENT

# # #


न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटीएम संजाल लगायतका परिसूचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा कार्य गर्दै आएका छन् ।

न्यौपाने चार्टड एकाउण्टेन्ट समेत हुन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आइतबार नै बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

सीईओ न्यौपानेले बैंकका समस्त ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

एन आई सी एसिया बैंकको मुलुकभर करिब १४ लाख भन्दा बढी सेवाग्राही रहेका छन् भने २६८ शाखा तथा २८१ एटीएम रहेका छन् ।