पाल्पा। सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक सोमबारदेखि बुधबारसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।


ADVERTISEMENT


सडक स्तरोन्नतिका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पूर्ण रुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #


तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा बाटो मर्मतको काम भैरहेकाले दैनिक सडक बन्द गर्नु परेको जनाइएको छ । एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीलाई भने रोक नलगाइएको सूचना अधिकारी आचार्यले बताए।

सडकमा खसेका ढुङ्गा फुटाएर हटाउनुपर्ने, पहिरो पन्छाउने तथा सडक मर्मत गर्नुपर्ने भएको हुँदा सडक नै बन्द गर्नु परेको आचार्यले बताए।