काठमाडौं । फ्रान्समा इन्धनको मूल्य बढेको विरोधमा भइरहेको प्रदर्शनको क्रममा एक महिलाको ज्यान गएको छ । फ्रान्सको मार्सेइली शहरमा शनिबार भएको प्रदर्शनको क्रममा अश्रु ग्यासको डिब्बाले हान्दा ८० वर्षकी महिलाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT


प्रदर्शन भइरहेको ठाउँ नजिकै रहेको अपार्टमेन्टमा बस्दै आएकी ती महिलाले सटर बन्द गर्न लागेको बेला प्रदर्शन भएको स्थानबाट हानिएको अश्रु ग्यासको डिब्बाले लागेर निधन भएको हो ।


ADVERTISEMENT

# # #


ती महिलालाई अस्पताल लगिएको थियो । तर शल्यक्रियाको क्रममा उनको निधन भएको स्थानीय सञ्चार माध्यमले बताएका छन् । झण्डै तीन हप्तादेखि जारी प्रदर्शनको क्रममा अरु तीनजनाको पनि ज्यान गइसकेको छ ।

आइतबार भएको प्रदर्शनमा देशभर एक लाख ३६ हजार मानिस सहभागी भएको बताइएको छ । इन्धनमा लाग्दै आएको कर बढेपछि दैनिक गुजारा गर्न समस्या भएको भन्दै प्रदर्शन जारी छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने विश्वव्यापी तापमान बृद्धि विरुद्धको अभियान अन्तर्गत आफूले इन्धनका सम्बन्धमा पछिल्लो निर्णय लिएको बताउँदै आएका छन् ।