काठमाडौँ– युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार दिएको रकममा एक लाख अमेरिकी डलर थपेर सरकारले एउटा कोष बनाउने भएको छ।


ADVERTISEMENT


स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


यसअघि आइतबार साँझ एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्डका लागि तक्मासहित नगद पुरस्कार दिइएको थियो। फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी थिइन्।

पुरस्कार ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले पुरस्कारबापतको रकम युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न नेपाल सरकारलाई हस्तान्तण गर्ने जनाएका थिए ।