नयाँ दिल्ली– तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको पाइएको छ ।
इन्स्टाग्राममा मोदीको १ करोड ५५ लाख ‘फलोअर्स’ रहेको पाइएको हो ।
संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवैभन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ ।
मोदीपछि दोस्रो धेरै फलोअर्स हुनेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो रहेका छन् । उनका करिब १ करोड ४० लाख फलोअर्स् रहेका छन् । यस्तै तेस्रोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको ‘इन्डीया टुडे’ ले रहेका छन्। ट्रम्पलाई करिब १ करोड १० लाख जनाले फलो गरिरहेका छन् ।
पोप फ्रान्सिस, जोर्डनकी रानी रानीया र बेलायतको शाही परिवार पनि विश्वका धेरै फलोअर्स भएका राजनीतिक व्यक्तिमा परेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी इन्स्टाग्राममा अत्यधिक प्रभावशाली पनि देखिएको अध्ययनले जनाएको छ । उनको एउटा फोटोमा १ करोड ५० लाख लाइक आएको पाइएको छ । एजेन्सी